जनप्रिय साहित्य चौतारी

Wednesday, April 17, 2013

iv dir="ltr" style="text-align: left;" trbidi="on">
posted by Shankar Khanal at 11:47 PM 0 comments

Wednesday, April 13, 2011

posted by Shankar Khanal at 11:18 PM 0 comments

Friday, January 21, 2011

म पत्रकार

जनतालार्इ सूचनाको हक दिलाउन
आफ्‍नो भोक तिर्खा बिर्सने म
चौथो अंकको गर्वले फुकेको तर
भित्रभित्रै ग्याष्टिकले सुकेको ख्याउटे
म पत्रकार

हुने खानेकै सधैं गुण्ागान बर्साउने
शब्दका बुलेटले भष्ट्राचारी तर्साउने म
आफ्‍ना लागि त
लौरो न हतियार
म पत्रकार

नाम चलाउन बाँचेको
आकासवेलीको भm्‍याङ्ग भmैं म
साहारा र सहानुभूति बिनाको
कुहिरोको काग
म पत्रकार

जान्दा जान्दै लुटिएको
दिनदहाडै कुटिएको म
अरुको पीडा, तीललार्इ पहाड बनाउने
जिउँदो भएर लास भmैं
म पत्रकार
posted by Shankar Khanal at 7:51 AM 0 comments

Friday, April 24, 2009

यात्रा फोटो


कान्तिपुर सिटी कलेबाट नयाँ बर्षो यात्रामा जाँदै गरेका सहपाठीहरु ।
posted by Shankar Khanal at 6:55 AM 0 comments

नियात्रा

धुलो, धुँवा र पानीमा रुझ्दै नयाँ बर्ष


प्राथमिक तहसम्म पढ्दा हामी विभिन्न रङ्गका साइनपेन किन्थ्यौं । आफैंले चित्र कोरेर साथीलाई नयाँ बर्षो शुभकामना दिन्थ्यौं । म भने सधैं गमलामा फूलेको बोटसहितको फूल बनाउँथे । त्यो बाहेक मलाई अरु फूल बनाउने अभ्यास नै भएन । यो क्रम माध्यामिक तहसम्म रहर्‍यो । पछि पोष्टकार्डको चलन आयो । मन परेको नायक नायिकाको पोष्टकार्ड एक महिनाअघिदेखि नै किनिन्थ्यो । मेरो मनपर्नेे कलाकार भारतीय नायीका दिब्या भारती थिइन । नयाँ बर्षा साथीले दिएका कार्डको घरमा चाँङ्ग नै लाग्थ्यो । कति भित्तामा टाँगिन्थ्यौ । उच्च शिक्षा हासिल गर्न २०५३ सालमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याक्पसमा भर्ना भए । त्यसबेला ग्रेटिङ्ग कार्ड बाँडियो । कार्ड महंगो पर्ने भएकाले मन मिल्ने साथीलाई मात्र दिइन्थ्यो । कम्प्यूटर सिकेर इन्टरनेट चलाउन जानेपछि नयाँ बर्षो शुभकामना इमेलबाटै दिन थालियो । जब मोबाइल सेवा उपलब्ध भयो । त्यसपछि एसएमएसबाट नै शुभकामना आदान-प्रदान हुन थाल्यो । इमेल र मोबाइलबाट शुभकामना दिने क्रम त जारी नै छ । २०६६ सालको नयाँ बर्षभने कलेजका सहपाठीहरुसँग यात्राको रुपमा यसरी अविष्मरणीय घटनाको रुपमा मनाइयो ः

काठमाडौको प्रदुषणबाट वाक्क लागेर हामी केही साथी शहर बाहिर जान चाहिरहेका थियौं । एक दिन म कम्प्यूटरमा फोटोको फोल्डर हर्ेर्दै थिए गत बर्षकाफल खाएको याद आयो । काडमाडौंको कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारितामा मसँगै स्नातकोत्तर तह तेश्रो सेमेष्टरमा पढ्ने साथीहरुलाई काफल खान कतै जाँउ है भने. । प्रस्ताव सहजै स्वीकृत भयो । कसैले दक्षिणकाली त कसैले ककनी जाउँ भने । झण्डै दर्ुइ हप्तासम्म पनि काफल खाने साइत जर्ुर्नै सकेन । यही क्रममा नयाँ बर्षआयो । राजधानी बाहिर गएर नयाँ बर्षमनाउने हाम्रो योजना बन्यो, चैत्र ३१ गते । भोलिपल्ट कलेजमा ७ बजे उपस्थित भएर जाने निधो भयो । हामी १४ जना तर मोटरसाइकल भने पाँच वटा मात्रै । हुनत दर्ुइ वटा स्कुटर पनि थियो । टाढाको यात्रामा स्कुटर नलैजाने निधो भए पनि अरु विकल्प नहुँदा बचन नै तोडियो । प्रति ब्यक्ति चार-चार सय रुपैयाँ उठायौं, कोषबाट सबै खर्च एकद्वार प्रणालीबाट गर्ने गरी । को-कसको मोटरसाइकलमा चढ्ने भनेर एक, दर्ुइ, तीन गन्दै चिट्टा हालेर साथी छान्यौं । जुन रमाइलोको शुरुवात थियो ।

विहानको लगभग साढे आठ बजेको हुदो हो क्यार हामीले यात्रा थाल्दा । पौने नौ बजे टियू गेटमा पुगेर मोटरसाइकलमा दर्ुइ-दर्ुइ सयको पेट्रोल हालेर अघि बढ्यौंं । चोभारको डाँडा नजिक पुगेर केही बेर सामुहिक फोटो खिच्यौं । त्यसपछि शुरु भयो हाम्रो मोटरसाइकल यात्रा । नयाँ बर्षा दक्षिणकाली माइको दर्शन गर्न जानेको घुँइचोले फर्पिङ्ग नपुग्दै बाटो निकै जाम थियो । वेगले गाडी चल्दा धुलो त उडाउथ्यो नै । गाडीले फाल्ने प्रदुषणयुक्त धुँवा पनि उस्तै । दक्षिणकालीमा दर्शनार्थीको लाइन शिवरात्रीमा पशुपतिनाथकोभन्दा कम्ती थिएन ।


दक्षिणकालीदेखि केही परसम्मको बाटो त पक्की नै थियो । त्यसपछि शुरु भयो कच्ची भर्खर बन्दै गरेको बाटोको पालो । छैमले नपुग्दै बाटोमा धुलोको कुहिरीमण्डल शुरु भयो । त्यहाँ पुग्दा सायद ११ बजेको थियो क्यार । सबैलाई भोक लागिसकेको थियो । साथी किरण आचार्य र साजन सुबेदी अघिगए वा पछि कसैलाई थाहा भएन । मोबाइल सर्म्पर्क हुन पनि नेर्टवर्कको समस्या । निकैबेरपछि बल्लतल्ल र्सर्म्पक भयो । उनीहरु त दक्षिणकाली मन्दिर पो पसेका रहेछन् । चाँडै आउन भनेर हामी छैमले बजारतिर लाग्यौं । सबैभन्दा अगाडि किशोर जी -थुलुङ्ग) र म थियौं । मैले दर्ुइ वटा बिष्कुट किनेर ल्याए । किशोरजीले पmुटी । हामीले खाएर नसक्दै अरु साथी आईपुगिहाले, खाना खानुपर्ने बेलामा नास्ता खाने भयौ । साथी मणि कर्माचार्यले 'हृयाभी डाइट' भन्दै अण्डा र पmुटी अर्डर गरे । कसैकसैले चिया पनि खाए । सोनु केसी, म, महेश आचार्यले भैंसीको प्युउर -ताजा) भन्दै दूध खायौं । गीता न्यौपाने र आरती लोहोरुङ्गले चाउचाउ खोले । साजन र किरणले पोलेर ल्याएका पाँच वटा मकै पनि बाँडेरै खाँयौं । यसरी खाँदा परिवारमै बसेर खाएको आभाष भयो । पेट अघाए पनि नअघाए पनि साँच्चै सन्तुलित आहार बनेको थियो त्यो खुवाइ ।

नढाँटेर भन्ने हो भने छैमले नपुग्दासम्म हामी कहाँ जादैछौं भन्ने मलाई थाहा थिएन । हाम्रो यात्रा कुलेखानी जलबिद्युत आयोजनातिर रहेछ । छैमलेबाट पनि अझैं १७ किलोमिटर पश्चिम । केही परसम्म त सडक ठीकै थियो । त्यसपछि शुरु भयो धुले कच्ची सडकको कहानी । पहाडको बाटो भए पनि धुलौटे । धुलोको थुप्रो यतिसम्म थियो कि थ्याच्च जुत्ताले टेक्दा चारैतिर छरिन्थ्यो । काठमाडौंमा प्रदुषणसँगै धेरै फलफूल र तरकारीहरु रसायनयुक्त हुन्छ । ताजा र स्वच्छ पाउन गाह्रो भएकाले होला सायद यात्राका क्रममा उडेको धुलोलाई साथीहरुले स्वच्छ समेत भन्न भ्याए । धुलो यति बाक्लो उड्थ्यो थियो कि बाटो कता छ भन्नेसम्म थाहा हुँदैनथ्यो । अगाडि गएको मोटरसाइकलको साथीलाई पनि देख्न सकिंदैनथ्यो । धुलोले बाटो नदेख्दा झण्डै भीरबाट खस्ने अवस्था पनि आउँथ्यो भन्थे चालक साथीहरु । त्यतिबेला मैले नेपालगञ्जमा लाग्ने बाक्लो शीत लहर सम्झन्थे । त्यस बेलाको दृष्यले मोटरसाइकलमा हाम्रो अगाडि कुदिरहेका साथीलाई आकासमा उडिरहेको हेलिकोप्टर एकाएक सेतो बादलको घुम्टोमा हराएको जस्तै देख्थ्यौ । हाम्रो अनुहार धुलोले ढाकिएर चिन्न नसक्ने खाल थियो । साथीहरुले त पर्ुखाकै ठाउँमा पुग्यौं भनेर बाँदर जस्तै देखिएकोमा समेत ठट्टा गरे । बाटो साह्रै ओरालो मोडको त कुरै नगरौ । त्यसलाई बाटो भन्ने कि भीर, छुट्टाउन गाह्रो थियो हामीलाई । खसे कहाँ पुगिने हो पत्तो थिएन । एकदमै होसियारी साथ मोटरसाइकल चलाउनु पथ्र्यो रे चालक साथीहरु भन्थे । त्यही बाटोमा हेटौंडाका लागि यात्रुवाहक टाटा सुमो गाडी चल्दोरहेछ धुलोमा छोपिदै ।

स्कुटरमा भएकाले पछाडि परिन्छ भनेर हामी दर्ुइ जना -म र किशोर) सबैभन्दा अगाडि थियौं । पहाड फेंदीको सानो बजारमा पुग्दा नयाँ बर्षो कार्यक्रम हुँदै थियो । कार्यक्रमका सञ्चालकको बेढंङ्गको प्रस्तुती, बेतुक ब्याख्या, सुनेर छक्क पर्‍यौ । एकैछिन पछि स्वागत गीतमा दर्ुइ युवतीले पुष्पबृष्टि गर्दै नाचेको देखेर हामीले केही मनोरञ्जन लियौं । मैले केही तस्वीर पनि खिंचे । तर पनि साथीहरु आइपुगेनन् । किन ढिलो भयो भनेर हामी दुवैले अड्कल काट्दै थियौ । करिब १५ मिनेट पछि गीता न्यौपानको स्कुटर लिएर टिकानाथ खनाल झुल्किए । पछिपछि मनोज आचार्य मोटरसाइकलमा गीता र विजया दाहाललाई राखेर आइपुगें । बाटोमा साथी गीता र विजया चढेको स्कुटर दर्ुघटना परेको खबर सुनाएं । गीतालाई अलि वेसी चोट लागेको रहेछ । त्यत्तिबेला हिड्न नै गाह्रो भएको थियो । विजयाको अवस्था भने अलि सामान्य नै थियो । भरे औषधि गर्ने भनेर फेरि गन्तव्यतिर नै लाग्यौं । त्यो बजारबाट पनि कुलेखानी त झण्डै ८ किलोमिटर टाढा पो रहेछ । हामीले बाटो किनारमै भेटिएको ऐसेलु झ्याङ्गैबाट टिपेर खाँयौं । त्यसपछिको हाम्रो यात्रा खोलाको बगरैबगरबाट भयो । ठाउँ-ठाउँमा पानी बगेको खोलामा मोटरसाइकल कुदाउनु पथ्र्यो । पछाडि बसेका साथी र्झनुपथ्र्यो । आरती -किरणको बेस्टपmेण्ड), मणि र मेरो काम भने मोटरसाइकलले खोला तर्दाको दृष्य क्यामरामा कैद गर्ने हुन्थ्यो । एक बजेतिर हामी कुलेखानी पुग्यौं । त्यहाँको वातावरण अत्यन्तै रमाइलो रहेछ । ड्यूटीमा बसेका नेपाली सेनाका जवानले निर्देशन दिए-'मोटर साइकल अगाडि नलैजाने, ड्यामको डिलमा बसेर नहर्ेने र फोटो नखिच्ने ।' यति टाढा आएर पनि फोटो खिच्न नपाउँदा मन खिन्न भयो । तर जो कोहिले पनि नियमको पालना त गर्नेपथ्र्यो ।

ड्याम माथिबाट पर्ूवतिर फर्केर हर्ेदा दर्ुइतिर हरियो पहाडहरु कुम जोडेर बिश्राम गरिरहे जस्तो र बिचमा निलो ठूलो पोखरीकोे पानीलाई नियाल्दा लाग्थ्यो कि साच्चै शान्तिको रंग निलो नै रहेछ किनकि पोखरी शान्त थियो । आकाससंगै सेता बादलका थुङ्गा स्वतन्त्रतापर्ूवक स्वाभिमानी हरियो पहाडको शिरमा सिउरीएको देख्न पाएको भए शुभ साइत पथ्र्यो होला तर त्यसबेला आकास कालो धमिलो बादलले ढाकेर नेपालको भाग्यमाथि नै कुसाइत पार्न खोजे जस्तो आभास हुन्थ्यो । हामीले देखेको नयाँ नेपालको सपना यस्तो होस जहाँ सबै सुखि र खुशी हुन भन्ने कामना गर्दै एक आपसमा खुशी साट्यौ ।

नेपालको सबैभन्दा ठूलो इन्द्र सरोवर त कुलेखानीको त्यहि निलो पोखरी पो रहेछ । जलाशयमा पानीको मात्रा घट्को भन्दै विद्युत प्राधिकरणले दैनिक १६ घण्टे लोड सेडिङ्ग गरिरहेको थियो । वास्तवमा इन्द्र सरोवरमा पानीको सतह त घटेकै रहेछ । साथीहरु भन्दै थिए-'पानी नै रहेनछ त विजुली कसरी आओस् -'

हामीले ड्यामभन्दा केही पर पुगेर मात्र फोटो खिच्ने अनुमति पायौं । विभिन्न पोजमा फोटो खिचियो । धेरैबेरको थकाई पनि मेटिएको अनुभव भयो । आएको बाटोे हुदै र्फकनलाई स्कुटरबाट सम्भव थिएन । त्यसैले सजिलोको लागि हेटौंडाहुँदै काठमाडौं र्फकने लामो यात्रा तय गर्नुपर्ने बाध्यता आइलाग्यो । हतारका कारण कुलेखानीका स्वादिला माछासमेत खान पाइएन ।

जंगलको बाटो उकालो भए पनि पक्की चाँहि थियो । हामी हेटौंडाको बाटोतिर लाग्यौं । पानीका बाछिटाले हान्दै थियो । सिमसिमे पानीमा किशोरजी र मैले गीतको भाखा शुरु गर्‍यौं 'सिमसिमे पानीमा ज्यानले बेमान गर्दैन जिन्दगानीमा ।' गीत मकवानपुरको भैंसे पुग्दासम्म जारी रर्‍हयो । पानीको छिटा बढ्दै बढ्दै अमलाको दाना जत्रो बन्दै थियोे । इतिहासमा पढेको भीमफेंदी नजिकको मकवानपुर गढी दरवारको जिर्ण्र्ाावस्था प्रष्ट झल्कन्थ्यो । देशमा संघीयताको वहस चलिरहेको बेला ऐतिहासिक दरवारको संरक्षण नभएको देख्दा अब बन्ने संघीय राज्यको अवशेष पनि हाम्रा भावी सन्तानले यसरी नै देख्ने हुन् कि भनेर पीर लाग्यो ।

भैंसेमा हामीले केहीबेर थकाइ मार्‍यौ । थकाईले हेटौंडाको लामो बाटोलाई छोडेर छोटो बाटो र्फकने कुरामा सहमत भयौं । खाजाको रुपमा केरा र पmुटी खायौं । ढिलो हने डरले पाकिसकेको चिया पनि छोडेर सीमभञ्ज्याङ्गतर्फो उकालो यात्रा तय गर्‍यौं । त्यसपछि शुरु भयो बेमौसमी वषर्ा । गोलि जस्तै बर्सिए पानीका बुलेट । मोटरसाइकल चढेका साथीहरु सबै अगाडि गएसकेका थिए । सबैभन्दापछि टिका र राजेन्द्र चापागाई चढेको स्कुटर थियो । म र किशोरको स्कुटरमा उनीहरु भन्दा अगाडि थियो । टिकाले चलाएको -गीताको) स्कुटरमा पेट्रोल सकिन लागेकाले मेरा गुरुजी -किशोर) ले उनीहरु अगाडि पठाएर हामी पछिपछि लाग्यौं । जति उकालो बढ्दै गयो त्यति नै बषर्ाको बेग बढ्दै गयो । टिकाले मोबाइल र पर्स भिज्ला भनेर निकाल्न खोज्दै गर्दा स्कुटर पल्टियो । राजेन्द्र एकतिर, टिका र स्कुटर अर्कोतिर । हामीले उठाउन मद्दत गर्‍यौं । केहीबेर अघि मात्रै 'यात्रा निकै झकास भयो तर गीताहरु दर्ुघटना भएर अलि बोर भयो' भन्ने राजेन्दे्र खुट्टामा चोट लागेर खोच्याउदै हिड्न थाल्यो । यस्तो अवस्थामा पनि पानीमा रुझ्दै सीमभञ्ज्याङ्ग पुग्नुको विकल्प थिएन ।

केही घण्टाअघिको शरिरको धुलो सबै पानीले पखाल्यो । लुगा पनि सबै भिज्यो । अङ्ग-अङ्गमा पानी र जाडो पस्यो । वनमा लागेको डढेलो पानीले निभाएर धुँवा आउँदै थियो । त्यही धुँवाहुँदै बाटो काट्दा अलिकति भए पनि न्यायो भएको महसुस गथ्यौर्ं हामी । बाटोको डिलमा ठूला बोटमा साना-साना लाली गुँरास फुलेका देखिन्थे । घर पुग्ने हतारले टिप्ने फर्ुसद त कसैलाई भएन तर त्यो दृष्यले मन प्रफुल्ल थियो ।

सीम भञ्ज्याङ्ग पुग्दा ६ बजिसकेको थियो । सबै पानीले निथुक्कै भिजिसकेका थियौं । जाँडोले हातमा काँडा उम्रेका थिए । बैशाखको महिना भए पनि हामी हतार-हतार आगो ताप्न थाल्यौ । शुरुमा साजन, म, विजया र किशोर मात्र थियौं । महेश आचार्य र किरणपछि थपिए । आगो ताप्दा पाइन्टबाट बाफ आउँथ्यो । चिसोले कठ्याङ्गएिको साथी आउँदा हामी आगो ताप्ने ठाउँ दिन्थ्यौं । त्यतिबेला साथीको सहृदयीपन प्रष्टसँग झल्कन्थ्यो ।

घाइते गीताका लागि जडिबुटी खोज्न टिकाजी बारीतिर गए । अहँ तितेपाती.भेटिएन । कसैले उन्यूले सेक्दा पनि राम्रो हुन्छ भने । टिकाजीले क्षणभरमै खै कहाँबाट हो ल्याएर आए । त्यतिबेला हामीलाई बैद्य पनि साथैमा ल्याएको जस्तो आभाष भाथ्यो । सीम भञ्ज्याङ्गमा पनि खाना खाने कुरा भएन । चिया, मासुचिउरा, आलु र केराउको तातो तरकारी, र चिसो सेल सेकेेर खायौं । काठमाडौंतर्फप्रस्थान गर्दा सात बजिसकेको थियो । सीम भञ्ज्याङ्ग त धेरै अग्लो ठाउँ पो रैछ, उचाइ २४८८ मिटर । त्यसपछिको हाम्रो गन्तब्य दामन हुदैअघि बढ्यो । दामनको परिचय काठमाडौंबाट हिउँमा खेल्न जाने ठाउँ हो । हामी पुगेको बेला हिउँ पर्ने सिजन परेनछ । हाम्रा लागि झिसमिसे साँझमा दामन केवल बाटो मात्र भयो । अर्को पटक आउँला नि भनेर हामी एकछिन पनि नरुकी बाइक कुदाएर भाग्यौं ।

हाफ भेष्ट त्यो पनि निथुक्कै भिजेकोले जाडोले मेरो शरीर थरथरी काँपिरहेको थियो । भन्दा लाज लाग्छ, सुन्नेले नपत्याउन पनि सक्छन् । बाटोमा धुलोबाट जोगिन लगाएको मास्कले नै जाडोमा न्यानोको काम गर्‍यो । निकै जोसले गाएका गीतले पनि जाडो भगाउँथ्यो । बाटोभरी म, किशोर राजेन्द्र, किरण, साजन, अनिश बज्राचार्य, गीता, मनोज गीत गाउँदै हिड्यौं । कुनै-कुनै बेला मणि कर्माचार्यको पनि गीतमा साथ हुन्थ्यो । बीच-बीचमा साथीहरुको गीतमा फर्माइस हुन्थ्यो । कहिले पप, कहिले लोकगीत त कहिले आधुनिक । हामीले गीत नगाउँदा साथी सोनु केसीले, शंकरजी तपाईलाई जाडो लागेर गीत नगाउनु भएको हो भनेर झक्झकाएको कुरा म कहिल्यै बिर्सन्न ।

घाइते साथी राजेन्द्रले सुगम पोखरेलको 'फेरि त्यो दिन सम्झन चाहन्न' बोलको गीतलाई प्यारोडी बनाएर 'फेरि यो दिन सम्झन चाहन्न । कुलेखानी घुम्न आउन्न' ले उसको पीडाबोध हुथ्यो । त्यसपछि हामीले नारायणगोपाल गर्ुवाचार्यको 'यति धेरै माया दिइ मन भरी दुःख नदेऊ' गीतको प्यारोडी बनायौ -'यति धेरै साथी ल्याइ । स्कुटरमा यति टाढा घुम्न नआउ ।' गीत गाउँदा गाउँदै हामी कतिखेर पालुङ्ग पुग्यौं पत्तै भएन । त्यहाँ हामीले गीता र राजेन्द्रको खुट्टामा ब्याण्डेज बाँध्ने र औषधि लगाउने कार्य गर्‍यौ । दर्ुइ लिटर पेट्रोल किनेर हामी लाग्यौं, नौबिसतिर । नौवीसे पुग्दा साढे दश बजिसकेको थियो । त्यहाँ हामी दश जनाले खाना खायौं । साजन र सोनुले चिया र चिउरा मात्र खाए । विजया र महेशजी सीम भञ्ज्याङ्गबाटै छुट्टसिकेका थिए ।

साजनले हामीले खाना खाइरहको फोटो खिच्यो । फोटो खिच्दै उसले कम्ती 'चुस्की' लिएन । घाइते गीताले आफ्नो चोट बिर्सदैं यात्राको रमाइलो ब्यक्त गरेको क्षण बिर्सन नसक्ने खालको छ । 'के को चम्को हो ब्रो -, आज त डल्लै रमाइलो भो नि' नौवीसेमा खाना खाँदै गरेकी गीताले अत्यन्तै खुसी भाव प्रकट गर्दै भनेको कुरा मगजमा अझैं पनि खेलिरहन्छ । हिड्नको लागि साथीको सहारा खोज्ने गीताका यी वाक्यले मैले पनि चिसोको पीडा बिर्सर्ेेे थिए । नौबिसेमा हामीले कोषबाट बचेको पैसाबाट ६ वटा मोट्साइकलमा सय-सय रुपैंयाँको पेट्रोल हालेर थानकोटको उकालो ताक्यौं ।

कलंकी पुग्दा साढे एघार बजेको थियो । टिकाजी गीतालाई पुर्‍याउन स्कुटर चलाएर ललितपुरतिर लागे, अनिश आरतीलाई बाइकमा राखेर स्वयंभूस्थित अनुपा श्रेष्ठको घर हिडे । साजन, म, किशोर, राजेन्द्र र किरण पाँच जना भयौं । दर्ुइ वटा बाइकमा नअटाउने भएपछि मणि, मनोज र सोनु हामीलाई पुर्‍याउन कालिकास्थानसम्म आए । त्यतिबेला पौने १२ बजिसकेको थियो । मनोजले मोटरसाइकलको मिटर हेरेर २२३ किलो मिटरको यात्रा पूरा भएको रहेछ भनेर सुनाए । पानीले रुझेका सबैको कपडा बाटोमा नै सुकिसकेका थियो । साथीहरुसँग शुभकामना साँटासाँट गरेर हामी मध्यराती छुट्टयिौं । म पनि घट्टेकुलोस्थित किरण/किशोर दुतावास-२ मा नै सुत्न गए । कोठामा पुग्दा १२ बजेको थियो । भोलि विसञ्चो नहोस् भनेर हामी तीनै जनाले सिटामोल खायौं । कुरा गर्दागर्दै किरण त निदायो । किशोर र म पनि केहीबेर यात्राको समीक्षा गर्दै विहान अबेर उठ्ने भनेर सुत्यौं । हामी पनि चाँडै निंदायौं ।

अर्को दिन बिहानै राजेन्द्रलाई फोन गरेर चाँडै उपचार गर्न सुझाव दिए । विजयाको मोबाइल स्वीच अफ थियो । गीताको मोबाइल नम्बर मसँग नभएकाले दिउँसो मात्र सर्म्पर्क भयो । दर्ुघटनाबाट खुट्टा फ्याक्चर भएको रहेछ । भर्खरै अस्पतालबाट ब्याण्डेज गरेर आएँ भन्ने गीताको वाक्यले मलाई अत्यन्तै दुःखी बनायो । सहानुभूति प्रकट गर्दै स्वास्थ्यको ख्याल गर ल भनेर फोन राखे । त्यो साँझ म सिनामंगलमा गल्फ खेलको रिर्पोटिङ्ग गर्न जाने कार्यक्रम थियो । मन गहु्रगो भएर आयो । कतै जान पनि मन लागेन । अर्को दिन कलेजमा पढ्न आएको राजेन्द्रको खुट्टामा पनि ब्याण्डेज थियो तर खुट्टा फ्याक्चर भएर होइन कि घुँडाको लिगामेन्टमा समस्या भएर । साथी घाइते भएको पीडा भए पनि हामीले नयाँ बर्षरमाएर मनायौ । त्यो दिन त अब चाहेर पनि फेरि दोहोर्‍याउन सकिन्न होला, बिर्सन त सकिन्न नै - 'हैन ब्रो -' 'होत्त नि ब्री ।'

बगनाहा-५, बर्दिया
हाल ः पुतली सडक काठमाडौं
posted by Shankar Khanal at 6:44 AM 8 comments

Sunday, April 12, 2009

गजल

न्याउलीले विरही गीत गाउन छाड्यो
बषर्ातमा घनघोर पानी आउन छाड्यो

र्सवाङ्ग नाङ्गयिो मनुष्यको मानवता
लज्जावती फूलले सरमाउन छाड्यो

निर्दयीका भीडमा चित्कार ती घाइतेका
सान्तवना बिना घाउ चहराउन छाड्यो

फुल्नु पर्ूव चुडिन्छन् वाटिकाका कोपिला
सुवास र्छर्दै फूल पनि मुस्कुराउन छाड्यो

रुपैया पैंसामै मिल्छन् शुरा र सुन्दरी पनि यहाँ
आजभोलि दुलाहाले दुलही नि अन्माउन छाड्यो
posted by Shankar Khanal at 12:40 AM 2 comments

कथा

लौटीको पढाइ


'किन मेडम ढिलो आउनु भयो नि -' मीस अनामिका प्रश्न गर्छिन् । 'विदेशी पाहुना आएका थिए । खाना खुवाएर विदा गर्दा समय गएको पत्तै पाइँन' दुपट्टाको टुप्पोले निधारको पसिना पुछ्दै लौटीले भनिन । उनले पुलुक्क घडीतिर हेरिन । एघार बज्नै लागिसकेको रहेछ ।
पछाडिको बेञ्चमा बस्ने दर्ुइ महिला कुरा काट्दै थिए, 'कहिले पो यिनी समयमा पढ्न आइन र - लौटीले नसुने झै गरिन । बिस्तारै भन्ने के कुरा हो - आज घरमा तरकारी मीठो पाक्यो कि क्या हो - मीस कुरा उनीहरुलाई ब्यङ्गय गर्दै भन्छिन । सबै गलल हास्छन् । दुबै महिला आत्तिन्छन् । 'केही होइन त्यत्तिकै' भनेर र्टार्छन् । पहिलो घण्टीको समय १५ मिनेट मात्र बाँकी हुन्छ । मीस पढाउन थाल्छिन । तर लौटीको ध्यान उनले भनेको कुरामा पटक्कै जाँदैन । 'आज त बिहे गरेको पनि १० बर्षपुगेछ । खै मेरा सन्तान - खै मलाई पारिवारिक सुख - डाक्टर श्रीमानको देश-विदेशमा नाम चलेको छ । हात मात्र लगाउँदा पनि बिरामी निको हुन्छन् रे । घरमा आउँदा जहिले पनि राती अबेर नै । बिहान अस्पताल जान पनि सधैं हतार । बिदाको दिन पनि सँगै बस्न पाएको होइन । क्लिनिक जानु पर्ने । चासो र चिन्ता पनि घर बाहिरकै । श्रीमानको अनुहार पढ्दा पनि सुख देखिन्न । आफ्नो मनमा पीडाको ठूलो रोग छ ।' सम्झँदै घोरिन्छिन् ।

दृष्य-१
'हाँस्दै आउनु भएको छ, के को खुसी नि -' प्रश्नको जवाफ दिनुको सट्टा वहाँ अँगालो मार्नुहुन्छ । म सपना हो कि विपना ठान्छु । आज तिमी कति राम्री देखिएकी - वहाँ बिहेको पहिलो दिन झैं चिउँडो समाउनु हुन्छ । मलाई लाज लाग्छ । त्यही बेला थाहै नदिइ निधार, गाला र ओठमा चुम्बन गर्नुहुन्छ । आज त्रि्रो जन्म दिन । लगाएर हेर त, तिमीलाई कस्तो हुन्छ - जापानी महङ्गो साडी झोलाबाट झिकेर दिनुहुन्छ । म सानो बच्चाझैं वहाँको काखमा बस्छु । मेरो खुसीको सीमा नै हुँदैन । अनायासै ओठमा चुम्बन गर्छर्ुु एकछिन वातावरणमा मौनता छाउँछ । वार्तालापहरु पनि चुम्बन साँटासाँट गरेर हुन्छन् ।

पढाउँदै गरेकी अनामिका मीसको हातबाट डस्टर भुँइमा खस्दा लौटी झसङ्ग हुन्छिन् । अनुहारमा चिटचिट पसिना आउँछ । उनी आफूलाई धिर्काछिन्, 'दिउँसै सपना पो देख्न थालेछु ।' मीस एकोहोरो बोल्दै पढाउँछिन् तर त्यो पढाइले लौटीको ध्यान खिच्न सकेको छैन । उनी निहुरेर बेञ्च मुनी हर्ेर्छिन् ।

दृष्य -२
भाउजु तपाई कति भाग्यमानी, एक छोरा एक छोरी । गाउँका काका रामविलास आमासँग भन्छन् -'दर्ुइ सन्तानर् इश्वरको बरदान ।' मलाई त अब सन्तानको रहर पुग्यो बाबु । छोरालाई राम्रो शिक्षा दिक्षा दिएर छोरीलाई कूल घरानमा बिहे गर्न पाए सन्तोष भयो । भाइलाई बोर्डिङ्ग स्कूल पढ्न पठाउँछन् । मलाई घरधन्दामै सिमित गर्छन् । 'सस्तो सम्पत्ति छ । यसले किन पढ्नु पर्‍यो - पैसा भए आफूले चाहे जस्तो पनि ज्वाइ पाइन्छ', भन्ने हजुरबाको तर्क । छोरी भएकै कारण मलाई पढ्न दिएनन । भाइ एसएलसी पास गरेर उच्चशिक्षा लिन अमेरिका गयो । तीन बर्षछि उतैकी केटी बिहे गरेर र्फकन्छ । दुबै एकदमै माया गर्छन् । एकछिन पनि छुट्टदिैनन् । आफ्नो त बिहे भएको दिनदेखि न राम्रोसँग बोलेको हो न कहिल्यै सँगै घुम्न गएको हो । घरमा नपुगेको केही छैन । आवश्यकता पर्दा जे समान पनि आउँछ । के चाहिन्छ, रामेलाई भनेर लिन पठाउनु । वहाँ यस्तै भन्ने गर्नुहुन्छ । अभाव छ त माया र दम्पत्तीको सरसल्लाहको । दाम्पत्य जीवन अत्यन्तै नमज्जा लाग्छ । आखिर के कुरा पुगेको छैन -

पर्ढाईमा लगनशील छात्राले ध्यान एकोहोरो रुपमा अन्तै मोडेको देखेपछि अनामिका मीस सोध्छिन-'होइन, लौटी मेडम तपाईलाई के भो - सञ्चो छैन -' उनी हड्बडाउँछिन्-'केही भा छैन' भन्दै ध्यान दिएर सुने झै गर्छिन । आँखा कक्षाकोठाको कालोपाटीमा भए पनि मन पढाइभन्दा धेरै टाढा-टाढा पुग्छ ।

दृष्य -३
'छोराले भर्खर डाक्टरी पास गरेको छ । घरमा बिरामी जाँच्न आउनेको घुँइचो नै लाग्छ । तीन वटा अस्पतालमा काम गर्न बोलाएका छन । बिहे गरेपछि मात्र जागिर खाने यसको सोचाइ छ ।' ससुरा धनञ्जयले मेरो बाबालाई भन्नुहुन्छ । हुनत सम्धी भइसकेका छैनौ तर सम्धी नै भन्छु । भन्नुस् सम्धीज्यू ज्वाइ कस्तो लाग्यो - बाबा सोझो मान्छे । डाक्टर ज्वाइ पाए के चाहियो वहाँलाई - भनिदिनु भयो-'मैले सोचेकै जस्तो भयो सम्धी ज्यू ।' वहाँको मुखबाट पनि अनायासै सम्धी शब्द नै आउँछ । दुबै हाँछन् । अरे, कुरो पक्का नभइकनै हामी सम्धी-सम्धी । ससुरा त बाठो मान्छे । कुरा अगाडि बढाउँनु हुन्छ-'हेनुस् सम्धी ज्यू छोरो पढाउँदा बहुत खर्च भयो । डाक्टर छोरालाई गाडी पनि किन्न सकेको ।' वहाँ घुँमाउरो पाराले दाइजोको कुरा झिक्नुहुन्छ । बाबा भनाइको आशय बुझेर सोध्नुहुन्छ-'अँ सम्धी ज्यू के मा चढ्ने विचार छ, ज्वाइ साहेबको -' वहाँ छेउमा बसेर मुस्कुराउँनुहुन्छ- मागेजस्तै हुने भयो भनेर ।' ससुरालाई चिमोठेर हातमा कार लेख्नुहुन्छ ।' नपढेको बाबालाई के थाहा हातमा लेखेको कुरा । ससुराले हत्त न पत्त भन्नुभयो -'सम्धीज्यू डाक्टर जस्तो मान्छे मोटरसाइकलमा हिड्न सुहाउँछ र - फेरी उसले काम गर्ने भनेको अस्पतालसँग गाडी पनि छैन रे । उसका साथीहरु कार चढ्छन् । त्यो पनि ससुरालीले दिएको ।' बाबा दाइजोमा कार दिन सहमत हुनुभयो । मेरो बाबाको साझोपनको फाइदा उठाउँदै १० लाख नगद, परिवारका सदस्यहरुलाई एक-एक वटा गहना बनाउन ५ तोला सुन, अरु पनि के-के हो के माग गर्छ । बाबा डाक्टर ज्वाइ पाएकोमा दङ्ग, सबै कुरामा सही थपिदिनु हुन्छ । त्यँही बिहेको दिन तोकिन्छ, धुमधामसँग गर्ने । जन्ती मात्र पाँच सय ल्याउने । वाचा अनुसार बाबाले दाइजोमा कुनै कसर राख्नुभएन । विदाइ गर्दा भनेको सम्झन्छु-'ज्वाइसाब मेरी एक्ली छोरी हो । यसलाई दुःख के हो थाहा छैन । सधैं खुसी पार्नुहोला ।'

ती कुराले लौटीको भक्कानो छुटेर आउँछ । परेलीको डिलबाट बर्रर आँसु र्झछ । चर्को स्वरले चिच्चाउँछिन -'बाबा मलाई सुख छैन । धेरै दुःख पाएकी छु ।' कक्षा कोठाका सबैको ध्यान लौटीको चिच्चाहटतिर जान्छ । मीस आएर सुम्सुम्याउँदै रुमालले आँसु पुछ्छिन् । 'के भयो भनेर -' सोध्छिन । लौटी स्थितिलाई सहज बनाउन खोज्छे-'अहँ केही भएको छैन । बाबाको माया लागेर आयो ।' मीसले 'तपाईलाई बिसञ्चो होला जस्तो छ । घाम तापेर बस्नुस्' भनेपछि लौटी चौरमा गएर बस्छिन् । र्सर्ूयको न्यायोले पनि उनको मन एकत्रित हुँदैन । सोचाइको गहिराइमा डुब्छिन ।

दृष्य -४
एक दिनको कुरा हो । वहाँ राती घरमा आउन ढिलो गर्नुभयो । म खाना नै नखाएर बाटो हर्ेर्दै बसे । टाढा-टाढा गाडी चलेको आवाज त आउँथ्यो तर उज्यालो घरको भित्तामा नपुगेरै टाढिन्थ्यो । भुस्याहा कुकुर एकनाससँग भुकिरहन्थे । आमाले भनेको सम्भिmन्थे -'एकसुरले कुकुर भुक्नु अशुभ हुन्छ रे ।' म यस्ता कुरामा विश्वास गर्दिन । बेकार ठान्छु । एकनासले टाढा-टाढा आँखा दौडाउँछु । गाडीको आवाज आउँछ । म दौडदै गेट खोल्छु । कहिल्यै रक्सी नखाने वहाँ रक्सीले मातेको पाउँछु । गाडीबाट झर्दा धन्नै लड्न थाल्नुहुन्छ । अँगालो हालेर सम्हाल्छु । वहाँलाई छोड्न आउनु भएका डा.श्रीकृष्ण गुनासो गर्नुहुन्छ-'भाउजु हाम्रो घरको पार्टर्ीी किन नआउनु भएको -' मलाई के थाहा कस्को घरमा के पार्टर्ीीथयो । नाजवाफ हुन्छु । कहिल्यै नमिठो नबोल्ने वहाँका मुखबाट एक्कासी निस्कन्छ-'अनपढ मान्छे के को पार्टर्ीीर्टर्ीी जानु पर्‍यो हँ - यसलाई सँगै लगेर जानु । मेरो समाजमा कुनै इज्जत छैन ।' डा.श्रीकृष्ण लाजले कालोनिलो भएर र्फकनुहुन्छ । मैले ख्याल गरेकी थिए । बाइबाइ र गुडनाइट समेत भन्न सक्नु भएन । फनक्क गाडी फर्काएर जानुभयो । मेरो त मुटुमा बाणले हाने झै भयो । झनक्क रिस उठ्यो । एक मनले त आफ्नो अपमान गर्ने जड्याहालाई भुँइमा छोडिदिऊजस्तो लाग्यो । फेरी पत्नीको कर्तब्य सम्झेर डुङ्गडुङ्गती गन्हाए पनि विस्तारामा लगेर पल्टाए । त्यो रात त भोकै सुतें ।

बिद्यालयको हाफछुट्टीको घण्टी बज्दा उनी झसङ्ग हुन्िछन । महिलाहरु घाम ताप्दै खाजा खान शुरु गर्छन् । कोही तरकारी-चिउरा, कोही आलु-परोठा, कोही मकैका खाजा खान्छन् । लौटीकी मिल्ने साथी प्रमिलाले उसको झोला बोकेर ल्याउँछे । आज लौटीको नास्ता पुरी र आलुको सुख्खा तरकारी हुन्छ । प्रमिलाले भुटेको चिउरा ल्याएकी हुन्छे । दुबै बाँडेर खान्छन् । कक्षा शुरु हुन घण्टी लाग्छ । दुबै कक्षा कोठामा पस्छन् । लौटी ढोका नजिकैको बेञ्चमा कुनातिर गएर बस्छिन ।
रमिला मीस पढाउँदा सबैभन्दा रमाइलो गर्छिन । पाँचौं घण्टीमा उनले पढाएको सबैले बुझ्छन् पनि । अरुले गृहकार्य गर्न दिए झैं रमिला कक्षा कोठामा सबैलाई हँसाएर फरुङ्ग पार्छिन । आज लौटीलाई हाँस्न पटक्कै मन छैन । उनी त श्रीमान्बाट आफू तिरस्कृत भएका एकएक घटनाहरु सम्झन थाल्छिन । बिहे भएदेखि आजसम्मका श्रीमानका ब्यवहार केलाउँछिन् ।

दृष्य -५
राजधानीमा भब्य मैथली नाट्य महोत्सव हुन्छ । आयोजक टिकट बेच्च आउँछन् । वहाँको चाहाना नहुँदा नहूुँदै पनि दर्ुइ वटा टिकट कटाएर र्फकन्छन् । लामो समय गाउँ छोडेकाले महोत्वसमा गएर गाउँका चार्डपर्वहरु हर्ेन पाइने भयो भनेर म खुसी थिएँ । वहाँको पनि विदाको दिन थियो । सधै कार्यालयमा काम छ भनेर वाहाना बनाएर कतै घुमाउन लैजानु हुन्थेन । आज राम्रो अवसर पाइयो भनेर म दङ्ग थिएँ । एघार बजेतिर खाना खाएर १२ बजेसम्म जाने होला भनेर मैले हस्याङ्गफस्याङ्ग गर्दै सबै काम सके । केही क्षण बिश्राम गरेर वहाँ अफिसमा मिटिङ्ग छ भनेर जान थाल्नुभयो । मैले महोत्सवको कुरा गरे । वहाँले को जान्छ यस्ता महोत्सवमा भनेर पन्छिनु भयो । साँझ मेरी साथीले महोत्सव निकै रमाइलो भएको सुनाइ । साथै वहाँ त एउटी तरुनीसँग मस्केर बस्नु भएको थियो रे । उनले सोध्दा गाउँबाट आएकी साली भन्नु भएछ । मेरो गाउँमा बैनी पर्ने त कोही छैन । म त छाँगादेखि खसे झै भए । आखिर जानु नै थियो भने किन ढाट्नु - साँझ यो कुरा भन्न पनि सकिन । नपढेकोमा आफूलाई धिक्कारे । जन्मदिने आमालाई र शिक्षा नदिने बाबालाई पनि । मेरो भाग्य नै यस्तै भनेर चित्त बुझाए ।

सातौं घण्टी लाग्दा उनको ध्यान भङ्ग भयो । अन्तिम घण्टी पर्ढाई नहुने भयो । मेडमको छोराको बिहे रे । कति महिला गृहकार्य गर्न छुट्टकिो मौका मिलेकोमा दङ्ग थिए । उनकी साथी प्रमिला भने बोडिङ्गबाट छोरा ल्याउनु पर्छ भन्दै हतार-हतार घर गइ । गृहकार्य गर्नेहरु पनि एकएक गर्दै आफ्नो बाटो लागे । हर्ेदाहर्ेर्दै कोठा रित्तियो । लौटीले चारैतिर नियाली । कोठा सुनसान । उनले आफू अशिक्षित भएकै कारण समाज र श्रीमान्बाट अपमानित भएको ठानिन । समाजमा स्थापित हुन र श्रीमान्को माया पाउन पढेर देखाउने अठोट गरिन । सहपाठी हेरिन, ७२ बर्षी राधा, ६५ बर्षी विजया, ५० बर्षी गीता । सबैमा उत्साह छ । उनीहरु सबैले एसएलसी पास गरेर जागिर खाने रे । उनले आफू त भर्खर ३५ बर्षी जवान सम्भिmन । उनले पनि पढेर स्टाफ नर्स हुने लक्ष्य लिइन ।

दृष्य -६
महिला अस्पतालको दक्षिणतर्फो कोठामा अन्तर्वार्ता दिनेको लाइन हुन्छ । पाइन्ट टिर्सट लगाएका सुन्दरीका पछाडि साडी लगाएकी म अधबैंसे महिला पनि उभिन्छु । एकाएक गर्दै हाँस्दै आफूलाई सोधेको प्रश्नबारे छलफल गर्दै युवतीहरु र्फकन्छन् । मेरो पालो आउँछ । कोठामा पस्न अनुमति माग्छु । भित्र त आफ्नै श्रीमान् पो बसेको देख्छु । छेउमा अस्पतालकी निर्देशक डा.उमा श्रीवास्तव । मैले हत्तनपत्त साडीको एक किनारले आधा मुख छोपेर दुबैलाई नमस्कार गर्छर्ुु अस्पतालकी निर्देशक डा.उमाले नै प्रश्न गर्छिन-'तपाई किन जागिर खान आउनु भएको -' मैले आवाज परिवर्तन गर्दै भने-'बिरामी महिलाको सेवा गर्न ।' 'पैसा कमाउन त होइन -'-डा.उमाकै दोश्रो प्रश्न । 'मसँग प्रसस्त पैसा छ । घरमा र माइतमा पनि । तर त्यो पैसामा नारीको इज्जत र सम्मान छैन । म आफ्नो गुमेको सम्मान फिर्ता पाउनको लागि पनि जागिर खान बाध्य भए कि हुँ ।' मेरा शब्दले वहाँलाई च्यास्स बिझ्छ । वहाँ मैले नै जवाफ दिएको ठान्नुहुन्छ । इखका कारण श्रीमतिले पढेर जागिर खाएको सम्झनुहुन्छ । मनमनै खुसी पनि भएको देख्छु । अझ अब त मलाई साथै लैजान कस्ले रोक्छ - भन्ने र ऊ पोखरा-मनकामना बुढाबुढी घुम्न जाने योजना पनि बनाउँनु हुन्छ । जागिर खान आएमा हरेक दिन गाडीमा पुर्‍याउन जाने र र्फकदा रेष्टोरेन्टमा गएर खाजा खाएर फर्किने वाचा गरेको कल्पना गर्नुहुन्छ । 'डा.साव तपाईको कुनै प्रश्न -' डा.उमाले भनेपछि वहाँ झसङ्ग हुनुहुन्छ । हतारमा छैन जवाफ दिनुहुन्छ । फर्केपछि डा.उमा मेरो तारिफ गर्छिन । यस्तो अनुशासित, जागिरलाई पैसाभन्दा पनि सेवाको रुपमा हर्ेर्ने ब्यक्तिलाई नै छान्नर्ुपर्छ होइन त डा.साब भन्छिन । भोलिपल्ट रिजल्ट आउँछ । ५० जना युवतीको माझबाट म नै छानिन्छु । भोलिपल्ट चाँडै अस्पताल जान्छु । वहाँ सोध्नुहुन्छ-'कहाँ जान लागेकी -' म महिला अस्पतालमा जागिर खान भन्छु । त्यत्तिबेला वहाँको अनुहार पढ्छु । अध्यारो हुने अनुहार चहकिलो भएको पाउँछु । बार्दलीमा पुगेर वाइवाइ भनेर विदाई गर्नुहुन्छ । म माया पाएर दङ्ग पर्छर्ुु

बिद्यालयको छुट्ट िहुन्छ । पियनले जोडले कोठाको ढोका तानेर लगाउँछ । हावाको झोक्काको आवाजले बेञ्चमा निंदाएकी लौटी तर्सिन्छिन् । त्यत्तिबेला उनी श्रीमान्ले आफूमाथि आक्रमण गरेको ठान्छिन् । उनको मुखबाट अनायासै बचाओ । बचाओ । शब्द आउँछ । पियन हड्बडाउँदै ढोका खोल्छ । लौटी लज्जित हुन्छिन । उनी केही नबोली किताब कापी बिद्यालयको कार्यालयमा राखेर सरासर घरतिर लाग्छिन् । बाटोभरी पनि के-के सोचिन कुन्नी । घर पुगेको सम्म पत्तो पाइनन् । चाँडो घर आएर पनि खाजा खान नपाएर मर्ुमूरिएका डा.बार्दलीमा कहिले यता त कहिले उता हिंडिरहेका हुन्छन् । लौटी केही नबोली घरभित्र पस्न खोज्छिन । डा. जङ्गदिै सोध्छन्-कहाँ गएर आएकी - लौटीले नचाहँदा नचाहम्दै मुखबाट निस्कन्छ-'पढ्न ।'
posted by Shankar Khanal at 12:30 AM 0 comments